मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका नदी तटिय क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल मत्स्य समाज गहिरो दुख व्यक्त गर्दै यस प्राकृतिक विपत्तिमा परी आफ्नो अमूल्य जीवन गुमाउनुहुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ। साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै सम्पूर्ण घाईते नागरिकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
विपतको यस कठिन र पीडादायी घडीमा पीडित परिवार, प्रभावित समुदाय तथा मत्स्य क्षेत्रसँग आबद्ध सम्पूर्ण व्यक्तिहरूप्रति नेपाल मत्स्य समाज गहिरो सहानुभूति तथा ऐक्यबद्धता प्रकट गर्दछ। दुःख र विपत्तिको यस समयमा एकअर्काको साथ, सहयोग र सहानुभूति नै सबैभन्दा ठूलो मानवीय शक्ति हो भन्ने हाम्रो विश्वास छ।
प्राकृतिक विपत्तिको यो विषम परिस्थितिमा प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सम्बन्धित सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरु, पेशागत संघसंस्था, उद्यमी तथा व्यावसायी, स्थानीय समुदाय, समाजसेवी, युवा तथा स्वयंसेवकहरूलाई आवश्यक समन्वय, सहकार्य र सहयोगका साथ मानवीय सेवामा जुट्न नेपाल मत्स्य समाज हार्दिक अपिल गर्दछ। शोकको यस कठिन समयमा पीडित परिवारजनको दुःखमा नेपाल मत्स्य समाज पूर्ण रूपमा साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दछ।

मिति: २०८३/०५/१८, बिहिबार
प्रा. डा. शुनिला राई
अध्यक्ष
नेपाल मत्स्य समाज

